झापामा २ जना पुरुष मृत फेला 

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ७, शुक्रबार १५:३२

विराटनगर । झापाको दमक र कमल गाउँपालिकामा शुक्रबार (आज) बिहान २ जना पुरुष मृत अवस्था भेटिएका छन् ।

कमल गाउँपालिका–५ पाडाजुंगी चोकका ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तिहारका लागि टेकबहादुरकी श्रीमती कविता खड्का चितवन माइत गएका बेला आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए ।

घरमा नातिनी सिर्जना निरौलासँगै बसेका हजुरबुबा खड्कालाई बिहानीपख उठाउन खोज्दा नउठेपछि ढोका खाेलेर हेर्दा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतकका २८ वर्षीय छोरा सरोज खड्का २०७९ कात्तिक १६ गते सोही कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । बुवा र छोरा ३ वर्षको अवधिमा एकै किसिमले मृत्युवरण गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, दमक नगरपालिका–८ का ७१ वर्षीय अम्बिका खनाल आज बिहान आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै घटनामा कानुनी मुचुल्का पूरा गरी पोस्टमार्टमका लागि शव दमक अस्पतालमा पठाइएको र थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.