झापामा करेन्ट लागेर महिलाको मृत्यु

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ७, शुक्रबार १६:०३

विराटनगर । झापामा करेन्ट लागेर शुक्रबार अपरान्ह १ जना महिलाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–१० फेसबुक चोककी ५५ वर्षीया तालामाई मर्डीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मर्डीले बिर्तामोड–१० का कुमार मगरको घरबाट तार टाँगेर आफ्नो घरमा बिजुली लगेकी थिइन् ।

बिजुली बिग्रिएर बत्ती बल्न छाडेकाले तार मर्मत गर्दै जाने क्रममा खेतमा पुगेपछि उनलाई अपरान्ह १२ः१५ बजेतिर करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । करेन्ट लागेर ज्यान गुमाएकी मर्डीको शव घोप्टो परेको अवस्थामा खेतमा फेला परेको थियो ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.