तमोर नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ८, शनिबार १०:२०

विराटनगर । ताप्लेजुङको तमोर नदीमा पौडी खेल्ने क्रममा एक जना युवक बेपत्ता भएका छन् ।

फुङलिङ नगरपालिका–७ दोखुका ३० वर्षीय राजन काम्वाङ तमोर नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काम्वाङ ससुरालीबाट घर फर्कने क्रममा फुङलिङ–८ को खड्कुडे भन्ने स्थानमा तमोर नदीमा पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा काम्वाङ बेपत्ता भएको खबर आउनासाथ खोजतलासका लागि प्रहरी सहायक निरीक्षक निमा शेर्पाको नेतृत्वको टोली परिचालित भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.