माइतीघर क्षेत्रमा प्रदर्शन गर्नेहरू पक्राउ

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ८, शनिबार १२:४५

काठमाडौँ । अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार माइतीघरमा उपस्थित भएकाहरूलाई प्रहरीले प्रदर्शन गर्नबाट रोक्दै नियन्त्रणमा लिएको हो ।

यसअघि, माइतीघरमा विभिन्न जेनजी समूह तथा अन्य समूहले दिनहुँ प्रदर्शन गर्दै आइरहेका थिए । सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले प्रदर्शन जारी राखेको बताउँदै आएका छन् । अनुमति नलिइकन नै प्रदर्शनमा आउनेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार हालसम्म नियन्त्रणमा लिइएकाहरूको सङ्ख्या ७५ जना पुगेको छ ।

प्रशासनको अनुमति बिना कार्यक्रम गर्न नदिने भनिएको तर माइतीघरमा उपस्थित भएपछि सोधपुछको लागि नियन्त्रणमा लिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.