निर्वाचनको प्रारम्भिक अनुमानित खर्च ७ अर्ब रुपैयाँ

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ९, आइतबार १४:१७

काठमाडौं । आगामी फागुन २१ गते गर्ने भनिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा साढे ७ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान निर्वाचन आयोगले गरेको छ। आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो ।

यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने तयारी आयोगले गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले बजेट तयारीकै क्रममा रहेको बताएका छन् ।

आयोगले बजेट निर्माण गर्दै गर्दा निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ। छठ पर्व सकिएलगत्तै आवश्यक सामग्री किन्न सुरू गर्नुपर्ने आयोगको भनाइ छ ।

यसका लागि आयोगले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ। यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ ।

आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको छ । विगतमा पनि यस्तै अभ्यास हुँदै आएको हो ।

यसकारण सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुनेछ । एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगको भनाइ रहेको छ। मतगणनाका लागि पनि कर्मचारी व्यवस्थापन गर्नुपर्ने हुन्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.