
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको हो ।
अमेरिकाका लागि ओपनिङ ब्याटर स्मित पटेलले ७५ रन बनाए । अर्का ओपनर आन्द्रेस गौसले ११ रन बनाए । कप्तान मोनाक पटेलले १० रन बनाए । शायन जाहानगिर ११ रनमा आउट भए । नटआउट रहेका मिलिन्ड कुमारले ७० रन बनाए । हर्मित सिंहले ६ बलमा २ छक्का प्रहार गर्दै नटआउट १६ रन बनाए ।
बलिङमा सन्दीप लामिछानेले २ विकेट लिए । उनले १० ओभरमा ५६ रन खर्चिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १–१ विकेट लिए ।



















