जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित २ जनाविरुद्ध सर्वोच्चमा रिट

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ९, आइतबार १५:१५

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित ३ जनाविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

कार्कीसहित आयोगका सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा रिट पेस भएको हो । अधिवक्ता विपिन ढकालले आइतबार आयोगका अध्यक्ष कार्कीसहितलाई विपक्षी बनाएर रिट पेस भएको र रिट निवेदन अध्ययनका क्रममा रहेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।

आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र विषयवस्तुवारे तटस्थ नभएको अवस्थामा भण्डारीले समेत त्यसमाथि प्रश्न उठाउन नसकेको आरोप रिट निवेदनमा छ ।

आन्दोलनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्षकार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।

आयोगमा पूर्वएआईजी शर्मा र संयुक्त राष्ट्र सङ्घीय नियोगहरूमा काम गरेका अधिवक्ता भण्डारी सदस्य छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.