
काठमाडौं ।सर्वोच्च अदालतले विभिन्न ११ देशका राजदूत फिर्ता गर्ने सरकारकाे निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आइतबार कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वाेच्चले राजदूत फिर्ताको विषयमा अन्तरिम आदेशबारे सुनुवाइका लागि कात्तिक १४ गते दुवै पक्षलाई उपस्थित गराउन पनि आदेश दिएको छ ।
११ मुलुकमा कार्यरत नेपाली राजदूतहरू फिर्ता बोलाउने निर्णय बदर गर्न माग गर्दै सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाएको थियो ।


























