
विराटनगर । कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गर्ने भएका छन् । छठकाे मुख्य दिन आज उनले २८ औं पटकको दण्ड प्रणाम यात्रा गर्ने भएका हुन् ।
नेपाललाई बौद्धिक सनातन हिन्दु राष्ट्रकाे कामनासहित छठकाे पूजाका लागि दण्ड प्रणाम यात्रा गर्ने उनले बताए ।
दण्ड प्रणाम यात्राका लागि उनी व्रत बसेका थिए । २०४८ सालदेखि उनले छठकाे पूजाका लागि दण्ड प्रणाम यात्रा गर्दै आएका छन् ।
विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्नेछन् ।

























