बेलायतमा कारको ठक्करबाट एक जना नेपालीको मृत्यु

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १०, सोमबार ०९:५३

काठमाडौं । बेलायतमा भएको सवारी दुर्घटनामा परेर एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

बेलायतकाका चर्चित र्‍यापर गेट्सले चलाएको कारले ठक्कर दिँदा लन्डनमा २० वर्षका नेपाली युवकको मृत्यु भएको हो ।

ब्रिटिस प्रहरीका अनुसार ४१ वर्षीय र्‍यापर गेट्समाथि लन्डनको उत्तरपूर्वी क्षेत्रमा भएको ‘हिट एन्ड रन’ दुर्घटनामा खतरनाक रूपमा सवारी चलाएर गम्भीर चोट पुर्याएको आरोपमा मुद्दा दायर गरिएको छ।

मेट्रोपोलिटन प्रहरीका अनुसार गेट्सले गत शनिबार इलफोर्ड क्षेत्रमा युवीन तामाङलाई ठक्कर दिएपछि रोकिएनन् र फरार भएका थिए । घाइते तामाङलाई अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उपचारका क्रममा सोमबार उनको निधन भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गेट्सलाई गत सोमबार स्ट्राटफोर्ड म्याजिस्ट्रेट्स कोर्टमा उपस्थित गराइएको थियो । प्रारम्भिक सुनुवाइमा उनलाई डेन्जर ड्राइभिङमा गम्भीर चोट पुर्‍याएको आरोपमा मुद्दा दायर गरिएको थियो ।

अहिले उनलाई हिरासतमा राखिएको छ । अक्टोबर २७ मा बार्किङसाइड म्याजिस्ट्रेट्स कोर्टमा फेरि उपस्थित गराइने छ । प्रहरीले दुर्घटनाको प्रत्यक्षदर्शीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रहरीका अनुसार मृतक तामाङ विद्यार्थी भिषामा बेलायत आएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.