
काठमाडौँ । उपचारमा गरिएको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्न थालेपछि काठमाडौँस्थित किष्ट अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अस्पताल बाहिर ठूलो सङ्ख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएका छन् । अस्पतालको लापरबाहीले गर्भवती महिलाको गत कात्तिक ७ गते मृत्यु गएको आरोप आफन्तहरूको छ ।
आफूहरुले विरोध र ध्यानाकर्षण गराए पनि अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा तोडफोड समेत गरेका थिए ।

























