
काठमाडौं । जेनजी आन्दोलनका बेला फरार भएका एक जना थुनुवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१० घर भई ललितपुरको लुभु बस्ने २७ वर्षीय नवराज गिरी छन् । उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले लुभुबाट पक्राउ गरेको हो ।
उनी लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा रहेको प्रहरीले बताएको छ । आन्दोलनका बेला देशका विभिन्न जिल्लामा रहेका कारागार र प्रहरीको थुनुवा गृहमा रहेका कैदीबन्दी भागेका थिए कतिपयलाई प्रहरीले पक्राउ गरेको छ भने केही आफैँ फिर्ता भएका छन् ।























