विराटनगरमा छठ पर्वको उल्लास (फोटो फिचर)

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १०, सोमबार १६:१९

विराटनगर । सूर्य उपासनाको महान पर्व छठ (सूर्यषष्टी ब्रत) को अवसरमा विराटनगर महानगरपालिका–६, केसलिया चोकमा भक्तजनहरूले धार्मिक उल्लासका साथ छठ पूजा गरेका छन्।

नदी र पोखरीको किनारलाई बेहुलीझैँ सिँगारेर भेला भएका व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनोकामना पूर्ण हुने विश्वासका साथ पूजाअर्चना गरेका छन्।

Advertisement

कार्तिक शुक्ल षष्ठी तिथिका दिन पानीमा उभिएर गरिएको यो पूजाले तराई–मधेशको संस्कृतिलाई मात्र नभएर सम्पूर्ण नेपाली समाजको सद्भावलाई प्रतिनिधित्व गरेको छ।

नदी किनारमा श्रद्धालुहरूको खचाखच भीडबीच ठेकुवा, कसार र फलफूलले सजाइएका डालाहरूको दृश्यले केसलिया चोकको वातावरणलाई धार्मिक आस्था र निष्ठाले भरिपूर्ण बनाएको थियो।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×