
विराटनगर । मोरङको सुन्दरहरैँचाका युवाहरूले देउसी भैलो खेलेको पैसाले मानव सेवा आश्रमलाई सहयोग गरेका छन् ।
सुन्दरहरैँचा नगरपालिका १० का युवाहरूले देउसी भैलो खेलेर संकलन भएको रकमले मानव सेवा आश्रमको विराटनगर शाखालाई खाद्यान्न सहयोग गरेका हुन् ।
सोमबार विराटनगरस्थित आश्रम पुगेर २ बोरा चामल, ६ प्याकेट पिठो, १४ पोका तेल, १० पोका नुन, १ प्याकेट चक्लेट,४ किलो दाल, १ कार्टुन फ्रुटी र १ कार्टुन बिस्कुट सहयोग गरेको स्थानीय युवा एन्जल मिश्रले जानकारी दिए ।
























