
विराटनगरको परोपकार घाट, सिघिया खाेला, नहर, केसलिया खाेलाबाट उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुले आज (मंगलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ ।





































