शिवसताक्षीमा रात्रि बस दुर्घटना, १९ यात्रु घाइते

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ११, मंगलबार ०८:२२

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चौक नजिकै रात्रि बस आज (मंगलबार) बिहान दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको बस दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहान करिब ४:०० बजे प्र१–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो ।

बसमा २५ जना यात्रु सवार थिए। दुर्घटनापछि घाइतेमध्ये १९ जनालाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाँकी ६ जना यात्रुहरू सकुशल रूपमा आफ्नो गन्तव्यतर्फ गएका छन् । बस घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरु-

१. राजु भुजेल (वर्ष ३९), चालक, मेचीनगर न.पा.-६, झापा। टाउकोमा चोट, अवस्था मध्यम।
२. अम्बरबहादुर बुढाथोकी (वर्ष ६५), मन्थली न.पा.-१०, रामेछाप। घाँटी र ढाडमा चोट, अवस्था मध्यम।
३. इक्षा लिम्बू (वर्ष १७), झापा गा.पा.-३, झापा। निधार, हात र खुट्टामा चोट, अवस्था मध्यम।
४. भीमप्रसाद पुरी (वर्ष ३५), मन्थली न.पा.-९, रामेछाप। बायाँ करङमा चोट, अवस्था मध्यम।
५. रविलाल गनेस (वर्ष २०), कचनकवल गा.पा.-४, झापा। टाउकोमा चोट, अवस्था मध्यम।
६. मिटु खत्री (वर्ष ६५), खाँडादेवी गा.पा.-३, रामेछाप। ढाडमा चोट, अवस्था मध्यम।
७. परिना गनेस (वर्ष २१), कचनकवल गा.पा.-४, झापा। टाउको र ढाडमा चोट, अवस्था मध्यम।
८. सिमित्रा खड्का कार्की (वर्ष ३६), बिर्तामोड न.पा.-१०, झापा। हात र खुट्टामा चोट, अवस्था सामान्य।
९. एलोन कार्की (वर्ष ९), सिमित्रा खड्का कार्कीका छोरा। टाउको र छातीमा चोट, अवस्था मध्यम।
१०. प्रदीपबहादुर बस्नेत (वर्ष ३०), बैनेश्वर न.पा.-३, दोलखा। टाउकोमा चोट, अवस्था मध्यम।
११. अनु श्रेष्ठ (वर्ष ८), देउराली, रामेछाप। टाउकोमा सामान्य चोट, अवस्था सामान्य।
१२. कुमार बस्याल (वर्ष २८), तामाकोशी गा.पा.-३, दोलखा। छातीमा चोट, अवस्था सामान्य।
१३. भेमा राजवंशी (वर्ष २७), कचनकवल गा.पा.-६, झापा। छाती र कुममा चोट, अवस्था मध्यम।
१४. रामकुमार श्रेष्ठ (वर्ष ३५), बिर्तामोड न.पा.-५, झापा। छाती, तिघ्रामा चोट, अवस्था सामान्य।
१५. रिदम श्रेष्ठ (वर्ष ९), रामकुमार श्रेष्ठका छोरा। हात र खुट्टामा चोट, अवस्था सामान्य।
१६. पूर्णबहादुर नेपाली (वर्ष २३), बिर्तामोड न.पा.-५, झापा। टाउको र कुममा चोट, अवस्था सामान्य।
१७. शीतल नेपाली (वर्ष १८), बिर्तामोड न.पा.-५, झापा। बायाँ आँखाको डिलमा चोट, अवस्था सामान्य।
१८. अभिषेक राजवंशी (वर्ष २१), बाह्रदशी गा.पा.-५, झापा। नाकमा चोट, अवस्था सामान्य।
१९. श्यामलाल किस्कु (वर्ष १८), झापा गा.पा.-२, झापा। टाउकोमा चोट, अवस्था सामान्य।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.