
विराटनगर । सूर्यको पूजा आराधना गरी मनाइने छठपर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको छ ।
छठ पूजाका लागि विराटनगरका केशलीया, सिंघिया खोला र सुनसरी मोरङ सिचाइँ आयोजनाको नहरसँगै पोखरीहरु सिंगारिएको थियो । सोमबार बेलुका अस्ताउँदो र मंगलबर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन भएको हो ।
छठको मुख्यदिन सोमबार संघीय सरकारले विदा दिएको थियो ।
छठ समापन भएको दिन मंगलबार कोशी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

























