
काठमाडौँ । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ ।























