दमकमा बस दुर्घटना, १ जनाको मृत्यु

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १२, बुधबार ०८:५८

विराटनगर । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक मंगलबार राति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा मोरङ मिक्लाजुङ-३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा ३५ जना सवार थिए ।

बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.