रुखबाट लडेर मृत्यु

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १२, बुधबार १०:३६

विराटनगर । संखुवासभाको चिचिला गाउँपालिका–५ माङमायामा घाँस काट्ने क्रममा मंगलबार साँझ रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार माङमाया बस्ने ५२ वर्षीय गणेश गुरुङको मृत्यु भएको हो । उनी आफ्नै घर नजिकैको जंगलमा नेवारो जातको रुखमा चढी घाँस काट्ने क्रममा खसेका थिए ।

गम्भीर घाइते गुरुङलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पुर्‍याइएको थियो । त्यहीँ उनको मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.