‘होस्टेल ३’ ले भारतमा पनि इतिहास रच्यो

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १२, बुधबार ११:१८

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि गौरवको खबर! बहुचर्चित चलचित्र ‘होस्टेल ३’ ले नेपालमा जस्तै सीमापारि भारतमा पनि ऐतिहासिक सफलता कायम गरेको छ। नेपालमा ५१ दिन लगातार प्रदर्शनको रेकर्ड बनाएको यो फिल्मले अब भारतको दार्जिलिङमा पनि सोही सफलता दोहोर्‍याउँदै ५१ दिन पूरा गरेको छ।

भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मल मा सेप्टेम्बर ५ देखि निरन्तर प्रदर्शन भइरहेको। यो चलचित्र सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो। भारतमा ‘होस्टेल ३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन्। वितरक सुरज खड्काले दार्जिलिङमा ५१ दिन पूरा भएको जानकारी दिएका छन्।

निर्देशक सशान कँडेलले भारतमा पाएको यो अपार सफलताप्रति खुसी व्यक्त गर्दै भने, “सर्वप्रथम, यति ठुलो फ्रेन्चाइजलाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्सलाई धेरै धन्यवाद। निर्माण, वितरण र प्रचार प्रसारमा संलग्न सबैलाई हार्दिक आभार व्यक्त गर्दछु।”

क्याम्पस जीवनका उतार चढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा बोकेको ‘होस्टेल ३’ मा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुष लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।

हलमा ऐतिहासिक व्यापार गरेपछि, ‘होस्टेल ३’ हाल नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा पनि स्ट्रिमिङ भइरहेको छ। दर्शकहरूले यो एप विभिन्न डिजिटल माध्यमहरूबाट डाउनलोड गरी जुनसुकै बेला सहजै हेर्न सक्नेछन्।

तपाइको प्रतिक्रिया
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×