ईभी गाडी दुर्घटनामा ३ जनाको मृत्यु

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १२, बुधबार १३:१८

बुटवल । रुपन्देहीमा एउटा ईभी गाडी अनियन्त्रित भई रुखमा ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी सालझन्डीबाट रुद्रपुरतर्फ जाँदै गर्दा कन्चन गाउँपालिका–५ स्थित फायर लाइनमा दुर्घटनाग्रस्त भएको हो । गाडी अनियन्त्रित भएर सडक किनारको रुखमा ठोक्किएको थियो।

दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिकाका ४३ वर्षीय जितेन्द्र थापा र सोही ठाउँका ४२ वर्षीय खेम बिकको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ४चार जनाको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूमा गाडीका चालक विक्रम श्रेष्ठ र उनका १० वर्षीय छोरा समिर श्रेष्ठ सहित सोनु चौधरी र अशोक थापा छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले दुर्घटनाको कारणबारे प्रहरीले गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.