मापदण्डविपरीत निजी घरमा सुरक्षाकर्मी किन ?

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १३, बिहीबार १३:४६

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा मापदण्ड विपरीत एक व्यक्तिको घरमा प्रहरी खटाइएको विषयमा सोधखोज सुरु गरेको छ । मापदण्ड मिचेर व्यक्तिगत सुरक्षामा सुरक्षाकर्मीको प्रयोग भएको सूचना आएपछि मन्त्रालयले छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरीलाई नक्साल निवासी कृति पाण्डेको घरमा खटाइएको भन्दै उजुरी परेको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा हेड कन्स्टेबलको रूपमा कार्यरत सुरेन्द्र मगरलाई सवारीचालकको रूपमा खटाइएको थियो । उनलाई दशैँदेखि नै सवारीचालकको रूपमा खटाइएको बताइएको छ ।

मापदण्डविपरीत सुरक्षाकर्मी खटाइएको विषयमा उजुरी आएपछि  गृह मन्त्रालयले खोजबिन सुरु गरेको हो । गृह मन्त्रालयले सुरक्षाकर्मीको व्यक्तिगत दुरुपयोग रोक्न कडाइका साथ अनुगमन गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.