लगातारको वर्षाले जोखिमः विद्यालयहरु बन्द

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १४, शुक्रबार ०५:४३

विराटनगर। धनकुटाको पाख्रीबास नगरपालिकाले देशभर भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न अनुरोध गरेको छ।

नगर प्रमुख ज्ञानबहादुर गुरुङले एक सूचना प्रकाशित गर्दै यसको जानकारी गराएका छन्। जल तथा मौसम विज्ञान विभागले जारी गरेको चेतावनीअनुसार, बङ्गालको खाडीमा विकसित भएको चक्रवातको प्रभावले आगामी केही दिनसम्म देशभर भारी वर्षा हुने सम्भावना रहेको छ। यसबाट विद्यालय सञ्चालनमा कठिनाइ हुने भएकाले सावधानी अपनाउँदै विद्यालयहरू बन्द गर्न अनुरोध गरिएको हो।

नगरपालिकाले दिएको जानकारी अनुसार, विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार हिउँदे बिदा वा स्थानीय बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय भएको छ। हाललाई आगामी मङ्गलबारसम्म विद्यालयहरू बन्द गर्न सकिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले मौसमको अवस्थालाई निरन्तर अनुगमन गरिरहने र आवश्यकतानुसार थप निर्णय लिने बताएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.