‘मोन्था’ प्रभाव: मोरङको हरैंचामा २१० मिलिमिटर वर्षा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १४, शुक्रबार ०७:१३
सांकेतिक तस्बिर

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवातको आंशिक असरले नेपालको पूर्वी र दक्षिणी भेगमा भारी वर्षा भएको छ । विशेषगरी मधेश र कोशी प्रदेशका केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा मापन भएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टाको अवधिमा मोरङको हरैंचामा सबैभन्दा धेरै २१० मिलिमिटर वर्षा मापन भएको छ । यस्तै, सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।

महाशाखाका अनुसार, ‘मोन्था’ चक्रवातको प्रणाली आज (शुक्रबार) पनि कोशी र मधेश प्रदेशमा केन्द्रित रहनेछ। यसको प्रभावले आज पनि यी दुई प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान रहेको छ।

काठमाडौँ उपत्यकासहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा हुनेछ । बाँकी प्रदेशहरूमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.