विराटनगर जेसीजद्वारा ‘जेसीज सप्ताह’ कार्यक्रमको घोषणा 

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १४, शुक्रबार १८:४६
विराटनगर जेसीजद्वारा ‘जेसीज सप्ताह’ कार्यक्रमको घोषणा 

विराटनगर । विराटनगर जेसीजले विभिन्न कार्यक्रमको आयोजना गरेर ‘जेसीज सप्ताह २०२५’  मनाउने भएको छ । प्रत्येक वर्ष विराटनगर जेसीजले विभिन्न कार्यक्रम गर्दै ‘जेसीज सप्ताह’ मनाउँदै आएको हो ।

कात्तिक १६ देखि २१ गतेसम्म सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमुखी विभिन्न कार्यक्रमको आयोजना गरेर यस वर्ष जेसीज सप्ताह मनाउन लागेको विराटनगर जेसीजका अध्यक्ष प्रितेशराज दाहालले जानकारी दिए ।
जेसीज सप्ताहबारे जानकारी दिन विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले भने, ‘जेसीज सप्ताहको उद्देश्य युवालाई नेतृत्व, सामाजिक जिम्मेवारी र सेवा भावनामा अभिप्रेरित गर्नु हो । हामीले साना तर, प्रभावकारी कार्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्दै आएका छौँ ।’

जेसीज सप्ताहअन्तर्गत कात्तिक १६ गते आइतबार मैत्रीपूर्ण फुटसल खेलबाट सप्ताहको सुरुवात हुनेछ । सोमबार जेसीज बाल सदन माध्यमिक विद्यालयमा विद्यार्थीहरूको दन्त परीक्षण र विराटनगरको बाल सुधार गृहमा मायाको कोसेली वितरण, मंगलबार विराट बहिरा माध्यमिक विद्यालयमा कला कार्यक्रम हुनेछ ।

त्यस्तै, बुधबार नोबेल अस्पताल आसपास सडकमा सुरक्षित यात्रा सम्बन्धी जनचेतना कार्यक्रम र रिफ्लेक्स लाइट वितरण, बिहीबार विराटनगर जेसीज सचिवालयमा कौसी खेती तालिम र शुक्रबार समाजमा योगदान पुर्‍याएका २ जना युवालाई सम्मान गर्दै जेसीज सप्ताहको समापन हुने अध्यक्ष दाहालले बताए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.