खोलामा मिनी ट्रक पल्टिएपछि…

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १५, शनिबार ०६:२३

विराटनगर । पूर्वी इलामको फिक्कल नयाँ बजार सडक खण्डअन्तर्गत सूर्योदय नगरपालिका–९ स्थित मयुँ खोलामा ट्रक दुर्घटना भएको छ ।

जौबारीबाट फिक्कलतर्फ जाँदै गरेको मे १ ख २५१५ नम्बरको मिनी ट्रक शुक्रबार साँझ दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढी आएका बेला खोलामा ट्रक दुर्घटना भएको हो ।

ट्रकमा २ वटा मोटरसाइकल र तीन जना यात्रु थिए । बाढी आएको खोलाबाट तर्न नसकेका मोटरसाइकल बोकोको ट्रक खोलामा अनियन्त्रित भइ दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

दुर्घटनामा झापाको अर्जुनधारा घर भएका ३४ वर्षीय सौरभ सुवेदी सामान्य घाइते भएका छन् । चालक र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.