
काठमाडौँ । सुदूरपश्चिमको कञ्चनपुरमा आज (शनिबार) बिहान बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–२ को वाणीमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा कृष्णपुरको बण्डका अन्दाजी ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार घाइते अवस्थामा उद्धार गरिएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो ।
५ जना सवार बस दुर्घटना भएपछि भागेका चालक वेदकोट नगरपालिका–३ दैजीका ४६वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

























