बसले अटोलाई ठक्कर दिँदा ४ जनाको मृत्यु

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १६, आइतबार १०:२६

धनुषा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारस्थित शनिबार राति भएको एक भयानक सडक दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा परी मृतक दम्पतीका दुई नाबालक छोराछोरीसमेत गम्भीर घाइते भएका छन्।

शनिबार राति विराटनगरबाट ढल्केवरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५८८ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आइरहेको प्रदेश ०२–०१–००१ घ १२२० नम्बरको अटोलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमका अनुसार ठक्करबाट अटोमा सवार चार जनाको मृत्यु भएको हो।

गणेशमान चारनाथ नगरपालिका–४ का ४० वर्षीय रमेश मगर र अटो चालक ४० वर्षीय डम्बर राईको जनकपुर न्युरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भयो। सोही ठाउँकी ३२ वर्षीया निशा मगर (रमेशकी श्रीमती) र ठुला मगरको भने घटनास्थलमै ज्यान गएको थियो।

दुर्घटनामा मृतक रमेश र निशा मगरका १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। उनीहरूको अहिले जनकपुर न्युरो हस्पिटलमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाग्रस्त बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.