अक्टोबरमा एक लाख २८ हजारले भ्रमण गरे नेपाल

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १७, सोमबार ०६:१९

काठमाडौं । यस वर्षको अक्टोबरमा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको हाे ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार दक्षिण एसियाबाट २९ हजार ६०, एसियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियानाबाट ६  हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट तीन हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.