सांकेतिक तस्बिरविराटनगर । विराटनगर महानगरपालिका–१० सोमबारेका अन्दाजी २५ वर्षका श्रवण मण्डल सिंगिया खोलाले बगाएको दुई दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
असोज १५ गते दिउँसो करिब १ बजे विराटनगर–१४ स्थित सिंगियामा नुहाउन पसेका मण्डललाई पानीले बगाएर बेपत्ता बनाएको थियो ।
बेपत्ता भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र वडा प्रहरी कार्यालय हाटखोलाबाट गएको टोलीले खोजी कार्य सुरु गरेको थियो ।
खोजीका आज (सोमबार) बिहान १०:३० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मण्डललाई विराटनगर–१४, बिष्णुटोलस्थितस्थित खोला किनारमा मृत फेला पारेको हो ।
मृतकका आफन्तले घटनास्थलमै आएर शवको पहिचान गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको जिल्ला प्रहरीले जनाएको छ ।

























