लोहन्द्रा खोलामा वृद्ध मृत फेला

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १७, सोमबार १४:५१

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ स्थित लोहन्द्रा खोलामा १ जना वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

आज (सोमबार) दिउँसो करिब १२:१० बजे खोलामा एक जना पुरुषको शव देखेपछि स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बेलबारीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मृत फेला पर्ने व्यक्ति सोही वडाका अन्दाजी ६० वर्षीय बल बहादुर खड्का हुन् ।

स्थानीयको जानकारी पाउने बित्तिकै तत्काल प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा प्रहरी टोली र घटनास्थलमा खटिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.