
काठमाडौँ । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माथिल्लो तहमा बढुवा भएका छन् । बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरिएको हो ।
बढुवा भएकाहरुमा भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले रहेको जनाइएको छ ।
गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा केही दिनअघि बसेको बढुवा समितिले उनीहरूको नाम सिफारिस गरेको थियो ।

























