आगजनी अनुसन्धान गर्न सर्वोच्च र जिल्ला अदालतद्वारा प्रहरीमा उजुरी

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १८, मंगलबार १४:०४

काठमाडौँ । गत भदौ २४ गते भएको आगजनी घटनाको अनुसन्धान गर्न सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा दुवै अदालतले जाहेरी दिएका हुन् । जाहेरीमा कसैको नाम किटान भने गरिएको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले दुवै अदातलतबाट जाहेरी आएको उल्लेख गर्दै त्यसबारे अनुसन्धान अघि बढाइएको बताए ।

भदौ २४ गतेको घटनामा सातवटा उच्च अदालतमा आगजनी तथा तोडफोड भएको थियो । सर्वोच्च अदालतको पत्राचार अनुसार ती अदालतले पनि विवरण संकलन गरी जाहेरी दिने तयारी गरिरहेको छ ।

काठमाडौँ जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ ।

अदालतहरुमा आगजनी भएको घटनाका तस्बिर र भिडियोहरु सार्वजनिक भइरहेका छन् । त्यस्ता भिडियो र तस्बिरहरुमा देखिएका व्यक्तिहरु तोडफोड र आगजनीमा संलग्न भएको हुन सक्ने भन्दै कारबाही गर्न माग भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.