सत्य निरुपण तथा मेलमिलाप कोष नियमावली स्वीकृत गर्ने निर्णय

Share this
629shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १८, मंगलबार १४:५४

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ ।

संघीय सरकार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै आज (मंगलबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यो निर्णय भएको जानकारी दिएका हुन् ।

बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ ।

यस्तै, स्विट्जरल्याण्डको जेनेभामा मङ्सिर १ देखि ३ गतेसम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.