
विराटनगर । इलामको माङ्सेबुङ गाउँपालिका वडा २ र ३ को सिमाना तामाखोला नजिकै आज (मंगलबार) दिउँसो पिकअप गाडी दुर्घटना भएको छ ।
झापाको बिर्तामोडबाट गजुरमुखी धाम मेला बजार भर्न जाँदै गरेका यात्रु बोकेको मे १ ज १३१६ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो ।
स्थानीय भेषराज भटुटराईका अनुसार दुर्घटनामा घाइते भएका ४ जनालाई उपचारका लागि बिर्तामोडतिर पठाइएको छ ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

























