स्कुटर दुर्घटनाका घाइते विराटनगरका युवकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक १८, मंगलबार १९:४९

विराटनगर । विराटनगरमा महानगरपालिकामा भएको स्कुटर दुर्घटनाका घाइते युवकको उपचारका क्रममा मृत्यु भएको छ । गत असोज ३० गते विराटनगर महानगरपालिका–१०, रोडशेषस्थित स्वागतम् होटल नजिकै दुर्घटना भएको थियो । रोडशेषबाट रानीतर्फ जाँदै गरेको प्र १–०४–००२ प ०२३१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटरमा सवार तीन जना युवा घाइते भएका थिए । तीमध्ये चालक विराटनगर–१४ का १८ वर्षीय निखिल साहको हात र टाउकोमा चोट लागेको थियो । उनको आज (मंगलबार) न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पछाडि सवार विराटनगर–१५ का अन्दाजी २५ वर्षीय विकास चौधरी (निधारमा चोट) र विराटनगर–१ का अन्दाजी १८ वर्षीय समिर शर्मा (बायाँ खुट्टा भाँचिएको) न्युरो अस्पतालमै उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.