बहुविवाह प्रकरणः एमाले केन्द्रीय सदस्य शेर्पा कारागार चलान

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १९, बुधबार १४:००

काठमाडौं। बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पाले अन्ततः कानुन कारबाहीको सामना गरेका छन् । उनलाई आज (बुधबार) फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको थियो ।

बहुविवाहसम्बन्धी मुद्दामा अदालतले उनलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । आज अदालतमा उपस्थित गराइएपछि सोही फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको हो ।

यो कानूनी कारबाहीसँगै एमालेभित्रको पुरानो विवाद फेरि सतहमा आएको छ । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनको विषय भन्दै शेर्पालाई निलम्बन गर्नुपर्ने माग गरेका थिए ।

तर अध्यक्ष केपी शर्मा ओलीले भने यो विषयलाई ‘सामान्य’ भन्दै निलम्बन नगर्ने अडान लिएका थिए । शेर्पाको बचाउमा ओली आफ्नो अडानमा टसमस भएका थिएनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.