
काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातकाे सम्भावना रहेको छ। तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हाे ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

























