जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २२, शनिबार १२:३३

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार राति खुदीबाट सोही पालिकाको नाइचेमा हिडिखोला हाइड्रोपावरका लागि सिमेन्ट बोकेर जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार दुर्घटनामा जीप चालक दोलखाका ३० वर्षीय विनोद खड्का र दोलखाकै २५ वर्षीय पारस खड्काको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जीप अनियन्त्रित भएर सडकबाट करिब ८०० मिटर तल खसेको थियो । गम्भीर घाइते भएका उनीहरूको प्रहरीले उद्धार गरी उपचारका लागि बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहर लमजुङमा ल्याएको थियो। उपचारको क्रममा दुवैको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.