जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक २३, आइतबार १६:२५

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते भएको जेनजी युवा आन्दोलनलाई लिएर गम्भीर टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई आज (आइतबार) सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरूका माग खोस्ने कार्य माइतीघर मण्डपबाटै सुरु भएको दाबी गरे । ‘युवाहरूले राम्रा माग राखेर भदौ २३ गते आन्दोलन आह्वान गर्नुभएको थियो। तर, माइतीघरदेखि नै युवाहरूका माग र मुद्दा खोसाखोस चलिरहेको थियो,’ उनले भने ।

Advertisement

अध्यक्ष ओलीले युवाहरू माइतीघर पुग्नुअघि नै उनीहरूका जायज माग र आन्दोलन खोस्ने तत्त्वहरू त्यहाँ जम्मा भइसकेको दाबी गरे । वाहरूले आन्दोलनलाई जसोतसो होटल एभरेष्टसम्म पुर्‍याए पनि त्यसपछि निषेधाज्ञा तोड्ने, ब्यारिकेट तोड्ने, र भिडन्तको राजनीति गर्ने काम भएको उनको भनाइ छ ।

युवाहरूका जायज मागहरूलाई भुईँमा पछारेर अरू उग्रवादी धारणा र मागका क्रियाकलाप अगाडि बढेको ओलीले बताए । भदौ २४ गते देशभर भएको आगलागी र तोडफोड २३ गतेको प्रतिक्रिया नभई पहिले नै गरिएको तयारी भएको ओलीले दाबी पनि ओलीले गरे ।

अध्यक्ष ओलीले युवाका नाममा विध्वंस अरूले नै मच्चाएको र आपराधिक तत्त्वहरू कोही युवा भए पनि उनीहरू कुनै जिम्मेवार र सङ्गठित युवा नभएको स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.