नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक २३, आइतबार १८:४३

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणसँग सम्बन्धित कसुरमा संलग्न १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह-९ का ४२ वर्षीय निरन्जनकुमार खरेल (निराजन)  छन् ।

गोप्य सूचनाको आधारमा उनलाई २१ कात्तिकमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । खरेलविरुद्ध आर्थिक वर्ष २०७९/८० मा जिल्ला प्रहरी परिसर काठमाडौंमा ठगी, लिखत किर्ते, राज्य विरुद्धको कसुर र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो ।

Advertisement

फरार रहेका प्रतिवादी खरेललाई थप कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.