ऊर्जामन्त्री घिसिङलाई बर्खास्त गर्न माग

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २५, मंगलबार १३:०५

काठमाडौं । अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न  जेनजी मुभमेन्ट नेपालले माग गरेको छ ।

घिसिङ समेतको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत खरिद सम्झौता भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो ।

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले मंगलबार (कात्तिक २५) जारी गरेको विज्ञप्तिमा ऊर्जामन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको ‘सेटिङ’मा भारतको कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँबराबर नोक्सान हुने गरी गैरकानुनी विद्युत् खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार गरिएको उल्लेख छ ।

यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत् नियमन आयोगको स्वीकृतिबिना गरिएको तथ्य प्रस्ट भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.