‘प्रत्यक्ष कार्यकारी प्रमुखले सबै समस्या सुल्झाउने होइन’

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २५, मंगलबार १६:३७

काठमाडौं । नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले प्रत्यक्ष कार्यकारी सरकार प्रमुखले देशका सबै समस्याहरू समाधान गर्ने दाबी गर्नु मूर्खतापूर्ण रहेको बताएका छन् ।

नेपाल कानून समाजद्वारा आज (मंगलबार) काठमाडौंमा आयोजित ‘प्रतिनिधि सभाको निर्वाचनः चुनौति र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त धारणा प्रस्तुत गरेका थिए ।

नेता अधिकारीले हालका राजनीतिक नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले जिज्ञासा व्यक्त गरेस् ूजुन राजनीतिक दलका नेताले आफ्नो पार्टीको पद छोड्न सक्दैनन्, तिनले सत्ता पाए भने छोड्छन् ? अहिलेका नेताहरू पार्टीको अध्यक्ष त छोड्न नसक्ने परिस्थितिबाट प्रत्यक्ष कार्यकारी प्रमुख पाए झन् अवस्था के होला ?’

दलित, मधेसी र सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले पूर्ण रूपमा सम्बोधन गर्नसक्छ भन्नु मूर्खता हुने अधिकारीको भनाइ थियो ।

उनले मुलुकको संविधानले बोकेको समानुपातिक, समावेशी र सङ्घीयताको व्यवस्था ठट्टाको विषय नभएको कुरामा जोड दिए । जाति, जनजाति र भाषाहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने यी व्यवस्थाहरू ख्यालख्यालमा नभई देशको आवश्यकता अनुसार आएका अधिकारीको मत छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.