लाइसेन्सको आवेदन बन्द

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २८, शुक्रबार १२:३१

काठमाडौं । लाइसेन्सको आवेदन बन्द भएको छ । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या आएपछि आवेदन बन्द भएको हो ।

विभागले शुक्रबार सूचना जारी गरेर डाटा सेन्टरमा प्राविधिक समस्या आएकाले अर्को सूचना नआउन्जेलसम्मका लागि सेवा बन्द गरिएको उल्लेख गरेको छ । कात्तिक १६ गतेदेखि सेवा आंशिक रूपमा मात्रै सञ्चालनमा थियो । डाटा सेन्टरमा समस्या आएपछि शुक्रबारदेखि पूर्णरूपमा बन्द भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.