मतदाता नामावली संकलनको समय थपियो

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २८, शुक्रबार १७:५९

काठमाडौं । मतदाता नामावली संकलनको समय थपिएको छ । निर्वाचन आयोगले ५ दिन म्याद थपेको हो ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समय थप गरिएको जानकारी दिए । प्रधानमन्त्री, गृहमन्त्रीका साथै सरोकारवालाले मतदाता नामावली दर्ता गर्ने समय थप्न दिएको सुझाव अनुसार आयोगले निर्णय लिएको उनको भनाइ छ ।

मतदाता नामावली दर्ता गर्नेहरूको चाप अत्यधिक रहेको आयोगले जनाएको छ । यसअघि सरकारले कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो ।

उक्त अवधिमा पूरै मतदाताको नामावली संकलन नभएको ठहरसहित समय थप गरिएको हो । म्याद थपिएसँगै मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.