ताप्लेजुङमा मन्दिरबाट लडेर बालिकाको मृत्यु

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २९, शनिबार १४:५१

ताप्लेजुङ । ताप्लेजुङमा मन्दिरबाट लडेर १ बालिकाको मृत्यु भएको छ । घटना फुङ्लिङ नगरपालिका–९ हाङदेवाको हो ।

ताप्लेजुङ प्रहरीका इन्स्पेक्टर रोहित शर्मा बढईका अनुसार फुङ्लिङ–१० फुरुम्बुका वीरबहादुर नुगोकी ७ वर्षीया छोरी अर्पणा नुगो लिम्बूको मृत्यु भएको हो । निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट शुक्रबार साँझ लडेकी बालिकाको घटनास्थलमै मृत्यु भएको बढईले बताए ।

प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरी गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल फुङ्लिङ लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.