कुर्सीबाट लडेर बालकको मृत्यु

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ३०, आइतबार ११:३६

विराटनगर । कुर्सीबाट लडेर झापामा १ बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–२ गौरीशंकर बस्ने ध्रुव राईका ६ वर्षीय छोरा आयन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरको आँगनमा खेल्दै गर्दा आयन शनिबार साँझ कुर्सीबाट लडेर बेहोस भएका थिए । उनलाई अभिभावकले तत्काल प्रादेशिक अस्पताल भद्रपुर पुर्याए ।

अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकले मृत घोषित गरिदिएका छन् । शव शनिबार राति नै आफन्तले बुझेर लगेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.