पत्रकार सरदार सम्मानित 

Share this
641shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १, सोमबार १४:३५
पत्रकार सरदार सम्मानित 

विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्रिनसिटी र लायन्स क्लब अफ युनिकले विराटनगरका पत्रकार पदमकुमार सरदारलाई सम्मान गरेको छ ।

दुवै क्लबको नयाँ कार्य समितिको पदभार ग्रहण कार्यक्रममा सरदार सम्मानित भएका हुन् । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ‘सी’ का डिस्ट्रिक गभर्नर बबरजंग थापाले सरदारलाई नगद, सम्मानपत्रका साथ सम्मान गरे ।

२०२५ / ०२६ का लागि लायन्स क्लब अफ विराटनगर ग्रिनसिटीको अध्यक्षमा चन्द्र बुढाथोकी र लायन्स क्लब अफ विराटनगर युनिकको अध्यक्षमा विकास भण्डारीले पदभार ग्रहण गरे ।

यसअघि ग्रिनसिटीको अध्यक्ष श्यामलाल पौडेल र युनिकको अध्यक्ष पुष्प कटुवाल रहेका थिए ।

त्यस्तै, २०२५ / ०२६ का लागि लायन्स क्लब अफ विराटनगर ग्रिनसिटी लियोका अध्यक्ष अंकुश बुढाथोकी  र युनिक लियो क्लबका अध्यक्ष अनुज कार्की पदभार ग्रहण गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.