राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक: सेवा ठप्प, दुर्गा प्रसाईंको रिहाइ माग

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २, मंगलबार १२:२८

काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट आज (मंगलबार) बिहानैदेखि ‘ह्याक’ भएको छ । वेबसाइट ह्याक भएपछि विभागबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्रका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा ठप्प भएका छन् ।

विभागका कर्मचारीले ह्याक भएको पुष्टि गर्दै ह्याकरले वेबसाइटको एड्मिनमा पहुँच राखेको र सम्पूर्ण डाटामा पहुँच पुर्‍याएको दाबीसहितको सन्देश छोडेको बताएका छन् । ह्याकर समूहले आफूलाई ‘नेपाली फर नेपाल’ भनेर चिनाएको छ ।

उक्त समूहले आफूलाई ‘राष्ट्रिय भविष्यको रक्षा गर्न प्रतिबद्ध अनुसन्धान संस्था’ भनी उल्लेख गरेको छ । ह्याकरले आफ्नो सन्देशमा नागरिक बचाउ महाअभियानका अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरेको छ ।

वेबसाइट ह्याक भएपछि राष्ट्रिय परिचयपत्र लगायत व्यक्तिगत घटना दर्ता सम्बन्धी महत्त्वपूर्ण सेवाहरू अवरुद्ध भएका छन् । यो घटनाले सरकारी निकायको सूचना प्रविधि सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.